१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


व्यापार घाटा दिन–प्रतिदिन बढ्दो


0
Shares

काठमाडौं, कात्तिक ७ । नेपालको व्यापार घाटा दिन–प्रतिदिन बढ्दै गएको छ । चाडबाडका बेला त आयात उच्च हुने नै भयो ।

निर्यात न्यून र आयात उच्च हुँदा व्यापार घाटा चालू आर्थिक वर्षको दुई महिनामामात्र कुल वस्तु आयात दुई खर्ब ३२ अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ ।

नेपालको आयातको सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको रहँदै आएको छ । यस अवधिमा पेट्रोलियम पदार्थमात्र ३५ प्रशिशत अर्थात् ८१ अर्ब बराबरको आयात भएको तथ्यांक छ ।

नेपालमा सबैभन्दा बढी भारतबाट आयात हुने गरेको छ । यस्तै, चीन, फ्रान्स, साउदी अरब, स्वीट्जरल्यान्ड, क्यानाडालगायतका १२५ देशहरुबाट आयात हुने गरेको छ ।

नेपालमा पाइप र ट्युबजस्ता सामग्रीहरु बढीजसो जापान, स्वीडेन, हंगेरीबाट आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।

टायर तथा रबरजन्य सामग्रीहरु जापान, मलेसियाबाट बढी आयात हुने गरेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

मेसिनरी सामग्राी र फर्निचरहरु चीन, म्यानमार, थाइल्यान्डबाट आयात हुने गरेको जनाइएको छ ।

कार्बनपेपर, टी ब्याग, रिचार्ज कार्डहरु, कटनका सामग्रीहरु, कार्पेट, कपडाहरु, ज्याकेट, खाद्यान्न, घरायसी विभिन्न सामग्रीहरु कोरिया, थाइल्यान्ड, म्यानमारजस्ता मुलुकहरुबाट आयत हुने गरेको भन्सार विभागले जनाएको छ ।