१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


नेकपा सचिवालय बैठक स्थगित


0
Shares

काठमाडौं, कात्तिक ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको बैठक सचिवालय सदस्यहरुको कार्यव्यस्तताका कारण स्थगित भएको पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार बैठक बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी तथा जनवर्गीय संगठनका केन्द्रीय कमिटीको एकीकरण, पार्टी, संसद र सरकार सन्चालनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, यही कात्तिक १२ र १३ गते हुने पार्टी स्थायी कमिटी बैठकका विषयमासमेत छलफल हुने कार्यसूची रहेको थियो । रासस