८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


नेकपा नामको आधिकारिताबारे निर्वाचन आयोगले निर्णय गर्ने


0
Shares

काठमाडौं, कात्तिक ७ । नेपाल कम्युनिस्ट पार्टीको नाम कुन पक्षलाई दिने भन्ने विषयमा बुधबार सम्बन्धित दलबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गठन भइ आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग बुधबार आयोगमा छलफल भएको थियो ।

आयोगका प्रवक्ता एवं सहसचिव दीपक सुवेदीकाअनुसार दुवै पक्षले नेकपाको नाममा दाबी कायम राखेपछि आयोगले मिलेर आउन बुधबार दिउँसो दुई घन्टाको समय दिएको थियो ।

सो अवधिमा कुनै सहमति नजुटेपछि आयोगले चाँडै यसबारे निर्णय दिने जनाएको छ ।

छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट मुक्ति प्रधान र नेकपाका तर्फबाट अध्यक्ष कट्टेलले बहस गरी आफ्नो पक्षले उक्त नाम पाउनुपर्ने दाबी प्रस्तुत् गरेका थिए । रासस