
सिन्धुली । सिन्धुली जिल्लामा संचालित जुनार सुपर जोन कार्यक्रम प्रभावहीन बन्दै गएको छ ।
जिल्लाको प्रमुख नगदेवालीको रुपमा रहेको जुनार खेतीको विकासका लागि गुरुयोजनाकै संचालित कार्यक्रम प्रभावहीन बनेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत संचालित सिन्धुलीको जुनार सुपरजोन कार्यक्रमले जुनार किसानहरुको हित समेट्न नसक्दा उत्पादन र विकास हुन सकेको छैन ।
महाभारत क्षेत्र आसपासका क्षेत्रमा रोग कीराको प्रकोप बढेर जुनारका रुखहरु मर्न थालेका छन् ।
रोगको प्रकोपले यस बर्ष जुनारको उत्पादन र गुणस्तर घट्ने कृषि विकास कार्यालयले जनाएको ।
रोगकीराको प्रकोप नियन्त्रणका लागि सुपर जोन कार्यक्रमले आफुहरुलाई सहयोग र परामर्श उपलब्ध नगराएको किसानले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्