Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


भारतको राजस्थानमा ३१ डाँडा गायब, अदालतले सोध्यो– हनुमान आएर लगेको हो ?


0
Shares

राजस्थान, कार्तिक ७ । भारतको राजस्थानमा ३१ वटा डाँडा गायब भएको विषयलाई लिएर सर्वोच्च अदालतले गम्भीर चासो प्रकट गरेको छ ।

राजस्थानको अरावलीस्थित पहाडी क्षेत्रमा अवैध खनन् भइरहेका कारण ३१ वटा डाँडा मासिएको भन्दै अवैध खनन् रोक्न मागसहित दायर मुद्दामाथि अदालतले सुनुवाई गरेको हो । अदालतले ४८ घण्टाभित्र त्यस्ता अवैध खनन् बन्द गर्न निर्देशनसमेत दिएको छ ।

न्याायाधीश मदन बी लोकुरले ३१ वटा डाँडा हाल अस्तित्वमा नरहेको रिपोर्टका आधारमा भने, ‘आखिर जनतामा पहाड नै लिएर उड्ने हनुमानकोजस्तो शक्ति त आएको होइन होला ! कि हनुमान नै आएर लिएर गए ?’

उनले राजस्थान सरकारका तर्फबाट वकालत गरिरहेका वकिललाई सोधे– ‘भारतीय वन सर्वेक्षणका अनुसार ३१ डाँडा गायब भइसकेका छन्, यस्तैगरी डाँडा हराउँदै जाने हो भने के होला ? के मानिस पहाड बोकेर जाने हनुमान नै बनेका हुन् ?’

उनले अवैध खनन् नै ती पहाड विनाशको मुख्य कारण रहेको जिकिर गर्दै प्रकृतिले दिएको पहाड नैसर्गिक रक्षकसमेत रहेको बताए । ‘राजस्थानको मरुभूमिबाट उड्ने धुलो या प्रदुषणयुक्त हावालाई ती पहाडले रोक्छन्, तर राजस्वको लोभमा राजस्थान सरकारले वातावरण विनाशमा मुकदर्शकको भूमिका निर्वाह गरेको छ,’ अदालतले भनेको छ । (एजेन्सी)