१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023


प्रदेशले संघीय सरकारलाई ‘ओभरटेक’ गरे दुर्घटना निम्तने दाहालको चेतावनी


0
Shares

नवीन सिंह (इमेज)

जनकपुर, कात्तिक ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सरकारले संघीय सरकारलाई ‘ओभरटेक’ गरे मुलुकमा दुर्घटना निम्तने चेतावनी दिएका छन् ।

मंगलबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान तथा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रममा उनले प्रदेश सरकारको मागप्रति नेकपा गम्भीर भएको भन्दै दुर्घटना निम्त्याउने कदम नचाल्न आग्रह गरे ।

प्रदेश प्रहरी ऐनले राष्ट्रिय चर्चा पाएको बताउँदै दाहालले मौलिक हकसम्बन्धी धेरै कानुन निर्माणको चरणमा रहेकाले प्रदेश सरकारले प्रहरी ऐन पहिले ल्याए त्यसले खतरा निम्त्याउनेमा सचेत गराए ।

अध्यक्ष दाहालले मधेसमा उठ्दै आएको विभेदको अन्त्य र विकासको मुद्दा सम्बोधन गर्न आफू तयार रहेको पनि बताए ।

कार्यक्रममा प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतसहित संघीय सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।