
काठमाडौं, कात्तिक ६ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा मंगलबार पक्राउ परेका छन् ।
संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गरे ।
शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उनले जानकारी दिए ।
प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण कतार प्रहरीले शर्मालाई पक्राउ गरेको हुनसक्ने उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्