
काठमाडौं, कात्तिक ६ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कन्चनपुरकी बालिका निर्मला पन्तको हत्याकान्डका दोषीलाई कारबाही गरिए वर्तमान सरकार ढल्ने दाबी गरेका छन् ।
भक्तपुरमा भएको ३८औं नेपालभाषा साहित्य तःमुंज्या सम्मेलनमा सोमबार उनले निर्मलाका बलात्कारी एवं हत्यारा सत्तारुढ दलकै संरक्षणमा रहेकाले दोषी पक्राउ गर्न विलम्ब भएको आरोपसमेत लगाए ।
बिजुक्छेले घटनाको सुरुदेखि नै प्रमाणहरु नस्ट गर्ने सुरक्षाकर्मीमाथि राजकाज मुद्दा लगाउन माग गरे ।
प्रतिक्रिया दिनुहोस्