
दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, कात्तिक ६ । कन्चनपुरको भीमदत्त नगरपालिका–१०, तिल्केनीकी पार्वती साउदले व्यावसायिक केराखेती गरेर राम्रो आम्दानी गर्न सफल भएकी छन् ।
वि.सं. २०५४ सालमा थोरै जमिनाट केराखेती सुरु गरेकी साउद २०७१ सालमा ‘प्याक्ट’को कार्यक्रम लागू भएपछि व्यावसायिकरुपमै केराखेतीमा लागेकी हुन् ।
व्यावसायिक केराखेती गरेको पाँच वर्षमात्रै भएको बताउँदै साउदले यसबाट प्राप्त आम्दानीबाटै छोरीलाई डाक्टर पठाउनसकेको बताइन् ।
धान, गहुँभन्दा केराखेतीबाट चार गुना बढी फाइदा हुने भएकाले यसमा लागेको उनको अनुभव छ ।
केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि कन्चनपुरमा केराखेती गर्ने कृषकहरु बढिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्