२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सोलुखुम्बुमा पर्यटक अवागमनमा बृद्धि, लुक्ला विमानस्थलमा हवाई उडानको चाप


0
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा विदेशी पर्यटकहरुको अवागमनमा बृद्धि भएको छ ।

विश्व प्रसिद्ध सगरमाथा र अन्य हिमश्रंखला अवलोकनका लागि पर्यटकहरु सोलुखुम्बु आउने गर्दछन् ।

दैनिक सयौंको संख्यामा पर्यटक आउँदा तेन्जिङ–हिलारी विमानस्थल लुक्लामा पर्यटकको चाप बढेको छ ।

पर्यटकको आगमनमा बृद्धि भएसँगै लुक्का विमानस्थलमा दैनिक एक सय भन्दा बढीको हाराहारीमा उडान हुन थालेको छ ।

सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको चाप बढेपछि हवाईजहाजले ४० उडान र हेलिकप्टरले ८० को हाराहारीमा उडान गर्ने गरेको तेन्जिङ हिलारी नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख योगेन्द्र कुँवरले जानकारी दिए ।

दैनिक चार सय ५० देखि पाँच सयसम्म विदेशी तथा स्वदेशी पर्यटकहरु लुक्लामा आउने उनले जानकारी दिए ।