
कविराज घिमिरे/ईमेज:
धनकुटा । धनकुटाको चौबिसे क्षेत्रका बासिन्दा आधुनिक कृषितर्फ क्रियाशील भएका छन् ।
विदेशबाट फर्किएका अधिकांश युवाहरु गाउँमै ट्रनेलभित्र तरकारी खेती सुरु गरेका हुन् । विदेशमा गरिने मेहनेतले स्वदेशमै राम्रो कमाइ गर्न सकिने उनीहरुको अनुभव छ ।
जनजातीको बाहुल्यता रहेको धनकुटाको चौबिसे गाउँका बासिन्दा आधुनिक कृषितर्फ आकर्षित भएका हुन् ।
पाँच बर्ष अघिसम्म व्यावसायिक कृषि गर्नेहरु खासै नभएपनि अहिले गाउँका अधिकांशले कृषि पेशा अँगालेका छन् ।
त्यसमा पनि विदेशमा पुगेर फर्किएकाहरु यसतर्फ आकर्षित देखिन्छ ।
झण्डै दशकभन्दा बढी समय खाडी मुलुकमा विताएका चौविसे गाउँपालिका–६ राजारानीका दिपेश लिम्वु बिदेशमा गरिने मेहनत नेपालमै गर्दा त्यहाँभन्दा राम्रो कमाइ हुने बताउँछन् ।
लिम्बु जस्तै बिदेश बाट फर्किएको युबा आकर्षित भए संगै चौविसे गाउँपालिका क्षेत्रमा टनेल घरभित्र खेती गर्ने क्रम बढिरहेको छ ।
यस क्षेत्रमा पर्ने राजारानी, मौनावुधुक, वसन्तटार, वोधे, मुढेवास लगायतका स्थानमा मात्रै दुई दर्जन बढी किसानले टनेल घर बनाएर गोलभेंडा सहित बिभिन्न तरकारी खेती गरेका छन् ।
आफ्नै गाँउमा घर परिवारको साथ सहयोगमा कृषि पेसा अंगाल्न पाउदा बिदेशमा भन्दा नेपालमै सन्तुष्ट रहेको राजारानीका कृषक डम्वर बहादुर राई बताउँछन् ।
विशेष गरी सिंचाई सुविधा नभएको ठाउँमा टनेलभित्र तरकारी खेती सजिलो हुने किसानको अनुभव छ ।
यस प्रविधिबाट खेती गर्दा लागत र मेहनत कम हुने भएकोले बिदेशवाट कमाएको पैसा कृषिमै खर्च गर्ने गरेको चौविसे गाउँपालिका कृषि प्राविधिक विरेन्द्र तामाङको भनाइ छ ।
कृषिप्रधानमुलुक भनेर कहलिएको हाम्रो देशमा उर्जाशील युवा यसैगरी कृषि पेसामा समर्पित हुने हो भने व्यक्तिगत उन्नति त हुन्छ नै त्यसका अलाबा मुलुक पनि कृषिमा आत्मनिर्भर हुने थियो ।
प्रतिक्रिया दिनुहोस्