काठमाडौं, कार्तिक ५ । विश्व ट्रायथल च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली सोमबार इजिप्ट प्रस्थान गरेको छ ।
खेलाडीमा आदर्श कार्की, ढकबहादुर पुलामी, राहुल दर्शन, युस्का महर्जन र सलोनी लामा छन् । टिम प्रशिक्षकमा सुन्दर प्रजापति, व्यवस्थापकमा राजु दर्शन तथा अफिसियलमा रितेश श्रेष्ठ र भीमप्रसाद सुवेदी छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका मोर्डन पेन्टाथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले एक कार्यक्रमबीच सोमबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।








प्रतिक्रिया दिनुहोस्