१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


भन्सार विभागले उठायो लक्ष्यभन्दा बढी राजस्व


0
Shares

काठमाडौं, कार्तिक ५ । चालु आर्थिक वर्षको ३ महिनामा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ७ अर्ब बढी राजश्व संकलन भएको भन्सार विभागले जनाएको छ ।

विभागले यस अवधिमा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको जनाएको हो । विभागले असोज सम्मको अवधिमा लक्ष्यभन्दा ३० प्रतिशत बढि राजस्व संकलन गरेको जनाएको छ ।

विभागले यस वर्ष ४१९ अर्ब भन्सार रकम संकलन गर्ने लक्ष्य राखेको छ । दशैं, तिहारजस्ता चाड परेको र भन्सार व्यवस्थापनमा सुधार गरिएकाले राजश्व रकम बढेको विभागका महानिर्देशक तोयम रायको दाबी छ ।

आयातको परिमाण अघिल्ला बर्षहरु सरह नै रहे पनि अमेरिकी डलरमा आएको बृद्धिले मूल्य भने ३० प्रशितशत बराबरले बढेको उनको भनाइ छ । यस वर्ष ३६ वटा भन्सार कार्यालयबाट ३ महिनामा राजस्व संकलन प्रभावकारी रुपमा भईरहेको उनले बताए ।

कूल भन्सार राजश्व संकलन मध्ये ५० प्रतिशत हाराहारीमा वीरगन्ज भन्सारबाटमात्र संकलन हुने गरेको छ ।