Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


रोजगारीको सिलसिलामा युएईमा बस्दै आएका धादिङबासीको उदाहरणीय काम


0
Shares

धादिङ, कार्तिक ५ । रोजगारीको सिलसिलामा युएईमा बस्दै आएका धादिङबासीको संस्थाले जिल्लाका सबै स्वास्थ्य संस्थालाई बाफलिने मेसिन ‘नेबुलाइजर’ वितरण गरेको छ ।

धादिङबासीहरुको संस्था धादिङ समाज युएईले दशैं, तिहार तथा छठ पर्वको अवसरमा जिल्लाका सबै स्वास्थ्य संस्थामा नेबुलाइजर मेसिन हस्तान्तरण गरेको हो । हिमाली जिल्लाको रुपमा रहेको धादिङका ग्रामीण क्षेत्रका बालबालिकालाई निमोनिया हुँदा बाफ लिन तथा दमका रोगीहरुलाई अति आवश्यक पर्ने नेबुलाइजर जिल्ला अस्पताल लगायत सबै स्वास्थ्य संस्थाहरुलाई एकैपटक प्रदान गरिएको धादिङ समाज युएईका अध्यक्ष योगेन्द्र थापाले जानकारी दिए ।

वितरण गरिएको नेबुलाइजरको मूल्य २ लाख ८८ हजार रुपैयाँ रहेको छ । अभियानलाई धादिङ समाज कतारले पनि ६० हजार सहयोग गरेको धादिङ समाज यूएइले जनाएको छ ।