१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


सरकार दुई तिहाइ बहुमतको भएकाले निरर्थक बन्न हुन्नः निधि


0
Shares

विराटनगर ।  नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिए ।

उनले काङ्ग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताए ।

उनले भने, “नेपाली काङ्ग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन । ” रासस