७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


प्रधानमन्त्री ओली आज स्वदेश फर्किने, के-के भए सहमति र सम्झौता ?


0
Shares

काठमाडौं, असार १० । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमण पूरा गरेर आज स्वदेश फर्कंदै छन् ।

यही असार ५ गते चीन गएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा दुई मुलुकबीच विभिन्न सहमति र सम्झौता गरेका छन् ।

भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिन पिङ, चिनियाँ समकक्षी लि खछ्याङलगायतसँग भेटवार्ता गरेका थिए । चीन भ्रक्रमका क्रममा दुई देशबीच १४ बुँदे सम्झौता भएको छ ।

प्रधानमन्त्री ओलीले तिनै सम्झौतालाई आफ्नो भ्रमणको उपलब्धि मानेका छन् । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल्वेसम्बन्धी परियोजना, दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, दुई देशबीचको सम्बन्ध मजबुद बनाउने सम्झौता, कार्गो सञ्चालनमा तिब्बतको राजमार्ग प्रयोगसम्ब्न्धी सम्झौता, रसुवागढीमा पुल निर्माण सहयोग सम्झौता, मितेरी पुल निर्माण सहयोग सम्झौता, उर्जा सहकार्य गर्ने विषयमा सहमति, उत्पादनमा लगानी तथा सहकार्य सम्झौता, मानव स्रोत सहकार्यसम्बन्धी सम्झौता, आर्थिक र प्राविधिक सहकार्यसम्बन्धी सम्झौता भएका छन् ।

यसलाई नै भ्रमणको सबैभन्दा महत्वपूर्ण उपलब्धि मानिएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा चिनियाँ पक्षले नेपालको आर्थिक समृद्धिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।