
काठमाडौं, कार्तिक ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको दुईदिने बैठक सुरु भएको छ । पार्टीको आन्तरिक विवाद र दसैंको कारण यसअघि दुईपटक स्थगित बैठक आइतबार बसेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पार्टी संगठनहरुको एकीकरण र केन्द्रीय आयोग तथा विभागहरुको गठनमा केन्द्रीत छ । यस्तै पार्टी, संसद र सरकार सञ्चालनका विषयहरु पनि बैठकको एजेण्डा छन् ।
बैठकमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्यको कार्यविभाजनबारे पनि छलफल भइरहेको जनाइएको छ ।
एमाले र माओवादीबीच एकता भएको पाँच महिना बितिसक्दा पनि गठन हुन नसकेको पोलिटब्युरोको एजेण्डा पनि बैठकमा प्रवेश गर्ने सम्भावना रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्