१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


सरकारी ढुकुटीमा एक खर्ब ७८ अर्ब १२ करोड नगद मौज्दात


0
Shares

काठमाडौं, कार्तिक ४ । सरकारी ढुकुटीमा ५७ खर्ब बढी रकम बचतमा रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो अर्थात साउन महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट ५७ अर्ब ५४ करोड रुपैयाँ बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २८ अर्ब ५२ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च १० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १८ अर्ब ५७ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा चालू खर्च १० अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १८ अर्ब ४६ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा ५७ करोड रुपैयाँ पूँजीगत खर्च भएको केन्द्रिय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो खर्च १२ करोड रुपैयाँ भएको थियो ।

समीक्षा अवधिमा सरकारको कुल राजस्व संकलन ४३.२ प्रतिशतले वृद्धि भई ६५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ११.५ प्रतिशतले वृद्धि भई ४५ अर्ब ७९ करोड रुपैयाँ पुगेको थियो ।

सरकारको नगद मौज्दात २०७५ साउन मसान्तमा सरकारी ढुकुटीमा एक खर्ब ७८ अर्ब १२ करोड रुपैयाँ नगद मौज्दात कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।