काठमाडौं, कार्तिक ४ । भन्सार विभागले छोटी भन्सारलाई व्यवस्थित बनाउन काम गरिरहेको जनाएको छ ।
भन्सारलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि ५ वटा छोटी भन्सारलाई मुल भन्सार बनाइएको र अन्य १४३ छोटी भन्सारलाई पनि व्यवस्थित बनाउन काम भईरहेको विभागका महानिर्देशक तोयम रायले बताए ।
छोटी भन्सारबाट अनियमितता हुन सक्ने भएकोले त्यस्ता भन्सार नाकाहरुलाई मुल भन्सारको रुपमा विकास गर्न लागेको उनको भनाइ थियो ।
पछिल्लो समयमा १४३ छोटी भन्सारमध्ये ५५ वटा मात्र सञ्चालनमा आएको विभागले जनाएको छ । देशैभरी जम्मा ३६ वटा भन्सारबाट मात्र कारोबार हुने गरेको छ ।
छोटी भन्सारबार अनियमितता हुन सक्ने भएकोले छोटी भन्सारको संख्या घटाउन लागेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्