 
	    बिराज रोस्यारा/कैलाली:
कैलाली । धनगढी क्रिकेट एकेडेमी (डिसिए)को टोली १० दिने खेल भम्रणका लागि आज मुम्बई प्रस्थान गरेको छ ।
टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग ७ वटा एकदिवसीय खेलहरु खेल्ने डिसिएले जनाएको छ ।
टोलीलाई आज धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर वडले एक कार्यक्रमका बीच विदाई गर्नु भएको थियो ।
टोलीमा सुबोध ऐर, सिजन कुँवर, सन्दीप आउजी, विनोद विष्ट, राजेन्द्र लोहनी, सोनु मण्डल, रोहन विक लगायतका खेलाडी छन ।
यस्तै प्रशिक्षकमा दीपेन्द्र चौधरी छन् भने व्यवस्थापकमा भरत जोशी रहेका छन् ।
विदाई गर्दै मेयर वडले खेलले कुनैपनि क्षेत्रलाई चिनाउँन तथा पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले खेलको विकासका लागि आफूहरु प्रतिबद्ध रहेको बताए ।
धनगढीलाई नगरपरिषद्बाट क्रिकेटको शहर नामाकरण गरेको बताउद प्रमुख वडले प्रत्येक वर्ष सक्दो खेल विकासमा सक्दो बजेट विनियोजन गर्दै आएको र बजेट बृद्धि गर्दै लैजाने बताए ।
यस्तै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले खेलाडीहरुलाई प्रशिक्षणसँगै एक्सोजरको पनि आवश्यकता पर्ने भएकाले मुम्बई टूरले राष्ट्रका लागि प्रतिभावान खेलाडीहरु उत्पादनमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्