
-प्रकाश मैनाली/ईमेज
सर्लाही । सर्लाहीमा बिद्यालय जाने उमेरका बालबालिका माछा मार्न थालेका छन ।
कतिपय विद्यार्थीहरु पढाई छाडेर माछा मार्न थालेको पाइएको छ भने कतिले आफ्नो पढाइ खर्च समेत माछाबाट पुर्याइरहेका छन् ।
बिद्यालय छुट्टिको समयमा आफुले माछा मार्ने गरेको र यसबाट दिनको २००–३०० सय सम्म कमाइ हुने र यसबाट आफ्नो पढाइ खर्च पुर्याउने गरेको बताउछन् ।
कतिपयले यसलाई फुर्सदको समयको उपयोगको रुपमा समेत लिएको पाइन्छ ।
कतिले रोजगारी तथा आयश्रोतका लागि नभै सौखका रुपमा पनि माछा मार्न आउने गरेका छन् । खुल्ला सिमानाको फाइदा उठाउँदै कतिपय त भारतबाट समेत आउने गरेका छन ।
कतिपय मछुवारहरु खोला तथा नहरमा माछा मारेर जिबिकोपार्जन गर्न समस्या हुँदै गएको पनि गुनासो गर्छन ।
पछिल्लोे समय बिस तथा करेन्ट लगाएर माछा मार्नेगर्दा माछा समाउन गाह्रो हुने गरेको उनिहरुको गुनासो छ ।
यस्तो समस्याले गर्दा आफ्नो रेजि समेत नउठ्ने गरेको उनिहरुको दुखेसो छ ।
यता माछा मार्नेहरुले गर्दा नहरमा भएका जलकुम्भि र अन्य झार सफा हुने भएकाले सिचाइका लागि समेत सहज हुने देखिएको छ ।
सरकारले कार्यविधि बनाएर माछा मार्ने कियाकलापलाई सहज बनाउनुपर्ने मछुवारहरु बताउँछन् ।
यसले भोलिका दिनमा हुन सक्ने प्रकितिक श्रोतमा बढदो आक्रमण रोक्न र भावी पुस्ताले समेत यसको उपयोग गन पाउने थिए ।
प्रतिक्रिया दिनुहोस्