
काठमाडौं । चालु आर्थिक वर्ष २०७५÷७६ को पहिलो महिनामा वाणिज्य बैंकहरूले १२७ अर्ब ८५ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. ५ अर्ब ७७ करोडको अन्तर–बैंक कारोबार गरेका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु.३५ अर्ब ७५ करोड र रु.७ अर्बको यस्तो कारोबार गरेका थिए ।
ब्याजदर २०७४ साउनमा ९१ – दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.५५ प्रतिशत रहेकोमा २०७५ साउनमा ३.३१ प्रतिशत कायम भएको केन्द्रिय बैंकले जनाएको छ ।
त्यसैगरी, वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७४ साउनको ०.२९ प्रतिशतको तुलनामा २०७५ साउनमा १.८८ प्रतिशत रहेको छ ।
वाणिज्य बैंकहरूको औसतआधार ब्याजदर २०७४ साउनको ९.६७ प्रतिशतको तुलनामा २०७५ साउनमा १०.१२ प्रतिशत पुगेको केन्द्रिय बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्