२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पोखरा विमानस्थलको आम्दानीमा बृद्धि


0
Shares

पोखरा । पोखरा विमानस्थलको आम्दानीमा बृद्धि आएको छ । आर्थिक वर्ष २०७३/७४ को तुलनामा आर्थिक वर्ष २०७४/७५ मा २ करोड २३ लाख आम्दानी बढेको विमानस्थल कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ६ करोड ९४ लाख आम्दानी भएकोमा गत वर्ष ९ करोड १७ लाख आम्दानी भएको कार्यालयले जनाएको हो ।

विमानस्थलले यात्रु सेवाशुल्क, जहाज अवतरण, ह्यांगर, घरभाडा लगायत शीर्षकबाट आम्दानी गर्दै आएको छ ।

पोखराबाट दैनिक उडान संख्यामा बृद्धि हुँदा पनि कार्यालयको नाफामा बृद्धि आएको हो ।

पोखरा काठमाडौं, पोखरा भैरहवा, पोखरा चितवन र पोखरा जोमसोम सिधा उडान हँदै आएको छ ।

बुद्ध, यती, सिम्रिक, तारा, नेपाल एयरलायन्स लगायतले दैनिक करिब २० वटा उडान भर्दै आएका छन् ।

पर्यटकीय सिजन सुरु भएसँगै एयरलाइन्स कम्पनीहरुले उडान संख्या अझै बढाउने तयारी पनि गरिरहेका छन् ।