
काठमाडौं । संघीयता कार्यान्वयनमा आएपछि वित्तीय पहुँचमा विस्तार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौ मसान्तसम्म ६६६ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति पुगेको बैंकले जनाएको छ ।
प्रदेश २ सबैभन्दा बढी बैंकको शाखा संख्या पुगेको छ भने प्रदेश ७ मा सबैभन्दा कम शाखा संख्या रहेको छ । प्रदेश १ मा ११८ वटा बैंकहरुको शाखा पुगेको छ ।
यसैगरी प्रदेश २ मा १३०, प्रदेश ३ मा १०८ वटा, प्रदेश ४ मा ८० वटा, प्रदेश ५ मा १०६ वटा बैंकहरुको शाखा पुगेको छ ।
यस्तै प्रदेश ६ मा ५९ वटा र प्रदेश ७ मा ६५ वटा शाखा पुगेको केन्द्रिय बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्