
काठमाडौं । भन्सार विभागका महानिर्देशक तोयम रायाले भन्सारमा हुने अनियमितता रोक्नको लागी अनलाइन मोनिटरिङको व्यवस्था गरेको बताएका छन् ।
भन्सारमा हुने गरेको अनियमितता रोक्नका लागी भन्सारमा हुने दैनिक कारोबारलाई सिसिटिभी फुटेजको माध्यमबाट दैनिक रेकर्ड राख्ने गरेको र अनियमितता रोक्ने काम गरिरहेको उनको भनाई छ ।
भन्सारमा हुने गरेको अनियमितता तथा छली रोक्नका लागी विभागले प्रभावकारी काम गरिरहेको उनको दाबी छ ।
महानिर्देशक रायाले भन्सार छलीका कामहरुमा शुन्य सहनशिलता नीति अपनाइएको दाबी समेत गरेका छन् ।
भन्सार सुधारमा भैरहेका प्रयाशका फलस्वरुप राजश्व संकलन पनि बढ्दै गएको पनि उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्