
रसुवा । रसुवागढी भन्सार कार्यालय टिमुरेले असोज महिनामा मात्र २ अर्ब २५ करोड ४६ लाख राजश्व संकलन गरेको छ ।
यो असोज महिनाको लक्ष्य भन्दा करिब दुई सय प्रतिशतले बढी हो ।
कार्यालयले असोज महिनामा ६१ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको भन्सार प्रमुख गोपाल कोइरालाले बताए ।
चालु आर्थिक वर्षको साउन र भाद्र महिनामा बर्षातले सडक अवरुद्व भई भंन्सार अशुली लक्ष्य पूरा गर्न नसकेको कार्यालयले असोज महिनामा ब्यापारीहरुले चीनबाट चाडपर्वका लागि लक्षित गरी ल्याईएका समाग्रीहरुले भंन्सार अशुली उल्लेख्य भएको कोइरालाले बताए ।
साउन महिनामा लक्ष्यको ५२ प्रतिशत तथा भदौ महिनामा ३१ दशमलब २१ प्रतिशत मात्र राजश्व संकलन गरेको थियो ।
कार्यालयले यस आर्थिक बर्षमा ७ अर्ब १५ करोड ६२ लाख ५५ हजार राजश्व असुली गर्ने लक्ष्य राखेको छ । चीनतर्फबाट आयात हुने सामान रसुवागढी नाका हुँदै आउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्