
पोखरा, कात्तिक १ । पोखरामा पर्यटन क्षेत्रमा करिब ९५ अर्ब रुपैयाँको लगानी भएको बताइन्छ ।
साना–ठूला गरी करिब ६०० होटल र रेस्टुराँमा निजी क्षेत्रले उक्त लगानी गरेको व्यवसायीको भनाइ छ ।
पर्यटकीय सिजनलक्षित गरी हाल यहाँ १२० भन्दा बढी होटल सन्चालनमा छन् । नयाँ होटल थपिएसँगै बेडको संख्या पनि करिब ३० हजार पुग्ने अनुमान व्यवसायीहरुको छ ।
एउटा होटल थपिँदा कम्तीमा दुई अर्ब रुपैयाँ लगानी थपिने व्यवसायीको भनाइ छ ।
यो वर्षको पर्यटकीय सिजनमा विगतकोभन्दा बढी पर्यटक आउने आशा पनि व्यवसायीको छ ।
पछिलो समय पोखरा आसपास रहेका विश्व शान्ति स्तुपा, साराङकोट, बेगनास, रुपाकोट, भरतपोखरीलगायतका ठाउँमा रिसोर्ट बनाउनेक्रम पनि बढेको छ ।
डाँडाको टुप्पोमा रहेका रिसोर्टबाट पोखरा सहरको दृष्यसहित फेवाताल, सराङकोट, हिमाली शृंखला हेर्नसकिने भएकाले व्यवसायी डाँडाकाँडामा रिसोर्ट बनाउनकेन्द्रित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्