काठमाडौं, कात्तिक १ । यो वर्ष डलरको तुलनामा नेपाली मुद्रा निकै कमजोर अवस्थामा पुग्यो । एक अमेरिकी डलर साट्न ११९ रुपैयाँसम्म खर्चनुपर्यो ।
भारतीय मुद्रासँगको स्थीर विनिमय दरका कारण डलरको तुलनामा भारतीय मुद्रा अवमूल्यन हुँदा नेपाली मुद्रा पनि कमजोर बनेको हो ।
डलरको भाउ बढ्दै जाँदा यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्न थालेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।
डलरको भाउ बढ्दै जाँदा हाम्रोजस्तो आयातमुखी अर्थतन्त्रलाई असर पार्ने विज्ञ बताउँछन् ।
निर्यातको तुलनामा आयात बढी हुँदा त्यसले मूल्यवृद्धिको चाप पार्नेछ । यसले मूल्यवृद्धि बढाउनेछ ।
निर्यातभन्दा आयात बढी हुँदा डलरको भाउ बढ्दा मूल्यवृद्धिमा चाप पार्ने बताउँछन्, अर्थविद् डा. शंकर शर्मा ।
डलरको भाउ बढ्दा पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । जसका कारण नेपाल आयल निमगले पटक–पटक पेट्रोलियम पदार्थको भाउ बढाइसकेको छ ।
डलरको भाउ बढ्दा फाइदा हुने भनेको रेमिट्यान्समामात्रै हो । रेमिटेन्स अर्थतन्त्रको एउटा सानो हिस्सामात्र भएकाले यसमा हुने फाइदाले समग्र अर्थतन्त्रमा भने खासै फरक पार्ने देखिँदैन ।
दसैंको बेलामा डलरको मूल्य आकाशिँदा आयातित सामग्रीको भाउ बढ्न गएको र त्यसले उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भए । जसका कारण उपभोक्ताको दसैं झन् महँगो पर्न गएको अर्थविद् बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्