
पोखरा, कात्तिक १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा), पोखरा महानगरपालिका वडा नम्बर–२१ कृस्तिद्वारा विजयादशमी, शुभदीपावली, छठ र ल्होसारलगायत पर्वका अवसरमा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले विमानस्थलको निर्माणकार्य तीव्ररूपमा भइरहेको जानकारी दिए ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को वर्तमान सरकारको प्रमुख लक्ष्य पूरा गर्न समग्र विकास निर्माणका लागि संघ, प्रदेश र स्थानीय तीनओटै सरकारको समन्वयको आवश्यकता पनि औंल्याए ।
नेकपाका कास्की जिल्ला संयन्त्र सदस्य एवं प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जिल्लाका पाँचओटै स्थानीय तह र वडास्तरमासमेत पार्टी संयन्त्र निर्माण भइसकेको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्