Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


साइपाल हिमाल आरोहण शृंखला सुरु


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, कात्तिक १ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको साइपाल हिमाल आरोहण शृंखला सुरु भएको छ ।

विभिन्न मुलुकबाट साइपाल आरोहणमा हिँडेको टोली बिहीबार धनगढीबाट बझाङतर्फ प्रस्थान गरेको छ ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले हिमाल आरोहण टोलीलाई नेपाली झन्डा दिएर बिदाइ गरिन् ।

सोक्रममा बोल्दै मन्त्री भट्टले पाँच वर्षअघि आरोहणका लागि खुला गरिएको साइपाललाई चिनाउन गरिएको प्रयास प्रशंसनीय भएको बताइन् ।

सुदूरपश्चिमभित्र पर्ने हिमाल आरोहणका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तत्पर रहेको उनको भनाइ छ ।

बझाङका चार किशोरीसहित विभिन्न मुलुकबाट आएका १२ जनाले साइपाल हिमाल आरोहण गर्ने अभियानकर्मी भोजराज भाटले जानकारी दिए ।

७ हजार ३१ मिटरको उचाइमा रहेको साइपाल आरोहण गर्न करिब ३५ दिन लाग्ने अनुमान छ । आरोहणलाई समेटेर डेढ करोड रुपैयाँ लगानीमा फिल्म पनि निर्माण गरिने उनले जनाए ।

पाँच वर्षअघि खुला गरिएपनि अहिलेसम्म कसैलेपनि साइपल हिमाल आरोहण गरेका छैनन् ।