
पर्वत । पर्वतमा निर्माणाधीन विश्वकै दोस्रो अग्लो बञ्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
नीजि क्षेत्रमा युवा व्यवसायीको लगानीमा बनिरहेको नमुना बन्जीजम्पको निर्माण कार्य ८० प्रतिशत पूरा भएको हो ।
कालीगण्डकीको खोंचमा कुश्मा र बाग्लुङको बलेवालाई ५ सय २० मिटर लामो झोलुंगे पुलमा जोडेर २ सय २८ मिटर उचाइको बन्जी निर्माण भइरहेको छ ।
कुश्माका नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी र सिन्धुपाल्चोकका राजु कार्की र फ्रेन्च युवती फ्लोरेन्सलगायतको लगानीमा निर्माणाधीन बञ्जीको निर्माण कार्य ८० प्रतिशत पुरा भएको हो ।
हालसम्म १२ करोड रुपैयाँ खर्च भइसकेको लगानीकर्ताले जनाएका छन् । बञ्जीमा युवा लगानीकर्ताबाहेक पनि प्रभु बैंकको ५ करोड रुपैयाँ लगानी रहेको छ ।
२०७३ बैशाखमा निर्माण सुरु भएकोमा बञ्जीजम्पसँगै स्काइ साइक्लिङ, स्वीङ र रिसोर्ट समेतको सञ्चालन तयारी लगानीकर्ताको छ ।
प्रतिक्रिया दिनुहोस्