
काठमाडौं, असार ९ । यस साता शेयर बजार परिसूचक नेप्सेसहित कारोबारमा पनि गिरावट आयो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब १५ अंकले घटेर अन्तिम दिन १२ सय १८ अंकमा आइपुग्यो ।
यस साता अन्य समूह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै साताको नेप्से दोहोरो अंकले झरेको हो ।
बीमा समूह सबैभन्दा उच्च १ सय ४ अंकले ओर्लियो भने अन्य समूह १ अंक बढिले मात्र धनात्मक रह्यो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ९० कम्पनीहरुको एक अर्ब १२ करोड ३१ लख रुपैयाँ बराबरका ४९ लाख ६१ हजार कित्ता सेयरहरु खरिद बिक्री भए ।
गत साता १ सय ८६ कम्पनीहरुको एक अर्ब ७२ करोड पाँच लाख रुपैयाँ बराबरका ४८ लाख ६८ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
कारोबार रकम गत साताको भन्दा ३४ प्रतिशत कम हो ।
यस साता कारोबार रकमको आधारमा नेपाल बैंक, कारोबार भएको सेयर संख्याको आधारमा मेगा बैंक र कारोबार संख्याको आधारमा उन्नती लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहे ।
कारोबार रकमको आधारमा नेपाल बैंकलाई मेगा बैंक नेपाल, एनएमवि बैंक, ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, उन्नती लघुवित्त वित्तीय संस्थाले क्रमशः पच्छ्याउन पुगे ।
प्रतिक्रिया दिनुहोस्