२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


दुई महिनामा तीन करोड ५१ लाखको मासु आयात


0
Shares

काठमाडौं, असोज ३१ । पछिल्लो समय हाम्रो कृषिप्रधान मुलुकमा मासु आयात पनि उल्लेख्य दरले बढ्दै गएको छ ।

चालू आर्थिक वर्षको दुई महिनामामात्र तीन करोड ५१ लाख रुपैयाँ बराबरको तयारी मासु आयात भएको भन्सार विभागले जनाएको छ ।

असोज, कात्तिक त झनै दसैं र तिहारका बखतमा मासु आयात एवं खपत सबैभन्दा उच्च हुने गरेको छ ।

यो अवधिमा एक लाख बढी जिउँदो खसीबोका आयात भएकोे भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

साउन र भदौ महिनामामात्र सात करोड ७५ लाख रुपैयाँको एक लाख खसीबोका आयात भएको भन्सार विभागले जनाएको हो ।

यस्तै, दुई महिनाको अवधिमा १६ करोड बराबरको जिउँदो माछा आयात भएको विभागले जनाएको छ ।