१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


सुनको मूल्य ८ सय रुपैंयाँले झर्‍यो, चाँदी पनि ओरालो


0
Shares

काठमाडौं, असार ९ । यस साता सुन चाँदीको भाउँमा सामान्य कमी आयो ।

आइतबार प्रति दशग्राम ५० हजार १ सय ५५ अर्थात तोलाको ५८ हजार ५ सयमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा तोलामा ८ सयले झरेर ५७ हजार ७ सयमा कारोबार भयो । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैंयाँले झर्‍यो ।

आइतबार तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भएका चाँदी शुक्रबारसम्म आइपुग्दा १५ रुपैयाँले झरेर ७ सय ६५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अमेरिकाको उत्तर कोरिया र चीनसँगको सम्बन्ध सुधारका कारण सुनमा लगानी घट्दै गएकाले सुनको भाउमा कमी आएको महासंघले जनाएको छ ।