२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दसैंमा गरिने केही खर्च उत्पादनशील क्षेत्रमा बचत गर्न सुझाव


0
Shares

काठमाडौं, असोज ३१ । दसैंका बेला अर्बौं रुपैयाँको कारोबार हुने गरेको छ । यस्ता कारोबार प्रायः उपभोग र अनुत्पादनशील क्षेत्रमा भएका छन् ।

दसैंका बेला हुने कारोबारमध्ये थोरै अंश पनि उत्पादनशील क्षेत्रका लागि बचाउनसक्ने हो भने यसले दीर्घकालीनरुपमा बचतकर्तालाई नै फाइदा हुने अर्थविद् केशव आचार्य बताउँछन् ।

दसैं, तिहारको बेलामात्रै कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत आर्थिक कारोबार हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । यसले अर्थतन्त्रलाई चलायनमान बनाउन सहयोग गर्ने उनको भनाइ छ ।

दसैं, तिहारको एक महिनाको समयमा कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशत खर्च हुने गरेको अर्थविद् आचार्य बताउँछन् ।

यस अवधिमा हुने आर्थिक कारोबारले अर्थतन्त्रलाई चलायमान बनाउने भएपनि उत्पादनशील क्षेत्रमा भने खासै प्रभाव नपर्ने अर्थविद् बताउँछन् ।