Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


प्रदेश सांसद कनौडियाको गुट्खा उद्योगद्वारा ‘राजस्व छली’


0
Shares

मनिष गुप्ता (इमेज)

कपिलवस्तु, असोज ३१ । कपिलवस्तुका एक प्रदेश सांसदको उद्योगले राजस्व छली गरेको पाइएको छ ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ ‘ख’ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद वीरेन्द्र कनौडियाको कृष्णनगर नगरपालिका–८ स्थित विजार्ड फेग्नेन्स उद्योगले राजस्व छली गरेको भेटिएको हो ।

सो उद्योगबाट उत्पादित ‘शुद्ध प्लस’ गुट्खामा अन्तःशुल्क स्टीकर नलगाइ बजारमा बिक्री गरिरहेको फेलापरेको छ ।

बुधबार चन्द्रौटा बजारमा अन्तःशुल्क स्टीकर नलगाइएका गुट्खा बेच्दै गरेको अवस्थामा स्थानीय पत्रकार दीपक खड्काले सोधखोज गर्दा विक्रेताहरु गुट्खाको बोरा छाडेर भागेका थिए ।

त्यसलगत्तै पत्रकार खड्काले वडा प्रहरी कार्यालय चन्द्रौटालाई खबर गरेको जानकारी दिए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले अन्तःशुल्क स्टीकर नभएका २१९ पाकेट शुद्ध प्लस गुट्खा बरामद गरेको छ ।

करिब ३६ हजार रुपैयाँ मूल्य बराबरको उक्त गुट्खाले राजस्व छली गरेको प्रस्ट भएको र यसबारे थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रवी रावलले जानकारी दिए ।

उक्त उद्योग प्रदेश सांसद वीरेन्द्र कनौडियाको लगानीमा भाइ महेन्द्र कनौडियाको नाममा सन्चालित छ ।

पटक–पटक राजस्व छलीको आरोप तथा छापा हानिएपनि उद्योग प्रशासनलाई अहिलेसम्म कुनै कारबाही गरिएको छैन ।