१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


दुई महिनामा एक अर्ब ४१ करोडको चामल आयात


0
Shares

काठमाडौं, असोज ३० । कृषिप्रधान मुलुक नेपालमा चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा चामलमात्र एक अर्ब ४१ करोड रुपैयाँको आयात भएको छ ।

साउन र भदौ दुई महिनामा एक अर्ब ४१ करोड रुपैयाँको ६ करोड १४ लाख टन चामल आयात भएको भन्सार विभागको तथ्यांक छ ।

यस्तै, यो वर्ष ४० करोड ६० लाख बराबरको १४ हजार ४०० टन गहुँ आयात भएको छ ।

यसैगरी, भदौ मसान्तसम्ममा ६९ करोड ४९ लाख रकम बराबरको २८ हजार १०० टन मकै आयात भएको भन्सार विभागले जनाएको छ ।

यस्तै, यस अवधिमा १७ करोड ६० हजार रुपैयाँ बराबरको ७ हजार टन चिउरा आयात भएको भन्सार विभागको तथ्यांक रहेको छ ।

यसैगरी, ७ क्विन्टल बीउजन्य वस्तुहरु आयात भएको विभागले जनाएको छ ।