५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023


दसैंमा पनि चिनी उद्योगीबाट बक्यौता रकम नपाएपछि उखु किसान मर्कामा


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, असोज ३० । दसैंमा पनि चिनी उद्योगीबाट बक्यौता रकम नपाएपछि उखु किसान मर्कामा परेका छन् ।

जेनतेन ऋण काढेरै उखु लगाएका किसानलाई घरखर्च चलाउन पनि गाह्रो भएको दुखेसो गरेका छन् ।

दसैंजस्तो महान् चाडमासमेत पैसा नपाउँदा चाड नै खल्लो भएको किसानको गुनासो छ ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले नगदेबाली भनेर उखुखेती गरेका किसानहरु बक्यौता रकम नपाउँदा ऋणमा डुबेको बताए ।

उखु किसानले रकम नपाएको विषय केन्द्रदेखि प्रदेशका सांसदलेसमेत पटक–पटक कुरा उठाउँदै आएका छन् । तर, समस्या जस्ताको त्यस्तै छ ।

प्रदेश सांसद वीरेन्द्र सिंहले चिनी उद्योगीले किसानलाई पटक–पटक झुक्याएको बताए ।

भदौ पहिलो साता जिल्लाका उखु किसानलाई रकम दिन प्रशासन कार्यालयमा चिनी बिक्री भएपछि भुक्तानी गर्ने लिखित सहमति भएपनि त्यसपश्चात् ८ करोड रुपैयाँभन्दा बढीको चिनी बिक्री हुँदासमेत किसानले रकम नपाएको उनले बताए ।

नगदेबालीकारुपमा रहेको उखुको भुक्तानी नपाउँदा किसानहरुको दैनिकी कस्टकर बन्दै गइरहेको त छ नै यस खेतीप्रति नै उनीहरुमा वितृष्णासमेत बढेको छ ।