Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


कपिलबस्तुबाट दैनिक तीन करोड बढीका खसीबोका काठमाडौंमा


0
Shares

बासुदेव बर्मा/ईमेज

कपिलवस्तु । कपिलवस्तुबाट एक साता यता दैनिक ३ करोड बढीको खसीबोका काठमाडौं पठाइने गरिएको ब्यापारीहरु बतउँछन् ।

घटस्थापना देखि माग बढेपछि भारतीय खसीबोका ब्यापारीहरुलाई भ्याई नभ्याई भएको छ ।

अहिले यहाँबाट उनीहरुले  दैनिक १० देखि १३ ट्रक सम्म खसीबोका काठमाडौं पठाइरहेका छन् ।

भारतको बहराईच, कल्पी, सुल्तानपुर, कानपुर लगायतकाका ब्यापारीहरु अहिले सक्दो खसी बोका आर्यात गरी यहाबाट काठमाडौं निर्यात गरीरहेका छन् ।

भारतीय ब्यापारीले कृष्णनगर नाकाबाटबाट माल ल्याएर जिल्लाको लोकमार्गमा पर्ने चन्द्रौटामा लाग्ने बजार र वरकलपुरमा चाडवाडसंगै खसीबोका झारेर नेपाली ट्रकको बन्दोबस्त गरेर पठाउने गरेका छन् ।

चन्द्रौटाबाट १२ ट्रक खसीबोका काठमाडौंका लागि लोड गरी पठाईएको भारतीय खसीबोका ब्यापारी हलिम कुरैसीले बताउनु भएको छ ।

अहिले यहाबाट १० देखि १३ ट्रक माल काठमाणडौ पठाईन गरिएको उनले बताएका छन् ।

यो क्रम नबमीका दिन सम्म चल्ने छ । यहा लामो समय देखि भारतको उत्तर प्रदेश बहराईच र नानपाराका १० बढी भारतीय ब्यापारीले काठमाडौंमा खसीबोकाको ब्यापार गर्दै आएका छन् ।

दशैंका बेला नेपालमा खसीबोकाको ब्यापार बढी हुने हुदा भारत बहराईचका ब्यापारी अवरास मुसलमानले जति खसीबोका ल्याए पनि माग पुरा गर्न समस्या भएको बताए ।

यहाँबाट काठमाडौं पठाउने खसीबोकाहरुमा बाबरी, जमुना पारी र स्थानीय जाताका खसी बोका रहेका छन् ।

एक ट्रकमा २ सय ५० देखि ३ सय सम्म खसीबोका लोड गरी पठाईने गरेको छ ।

एक ट्रक खसीबोकाको मुल्य  २० लाख सम्म हुने गरेको भारतीय ब्यापारी जानकारी गराए ।

खसीबोका किन्ने मण्डीमा पनि खसीको अभाब हुन थालेकोले कारिन्दालाई भारतको कानपुर नजिकका गाउँ गाउँ पठाएर कृषकहरुबाट खसीबोका किनेर काठमाडौं पठाईरहेको जानकारी गराएका छन् ।

काडमाडौंमा ४सय देखि ४ सय ५० रुपैयाँ किलोका हिसाबाले जिउँदो खसी बिक्री हुने गरेको छ ।

भारतीय ब्यापारीहरुले कानपुर नजिक लाग्ने खसी बजार जसवन्तनगर र काल्पीबाट खरिद गरेर नेपाल पठाउने गरेका छन् ।

यता भन्सार कार्यालय कृष्णनगरका अनुसार दशैंको बेला अन्य समयभन्दा दोब्बर खसी बोका भित्रिने गरेका छन् ।

असोज १ देखि २६ सम्म २३ करोड ३७ लाख ८० हजार रुपैयाँ मूल्यका २६ हजार ७६ वटा खसीबोका भित्रिएका छन् ।

गत वर्षको असोजमा ३० करोड ८९ लाख ४१ हजार रुपैयाँका कुल ३८ हजार २७५ वटा खसीबोका भित्रिएका थिए ।