
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाई बहुमतको दम्भ देखाउँदै सरकारले मुलुकका प्राथमिक र आफ्नो कर्तव्य भुल्दै गएको आरोप लगाएका छन् ।
वडा दसैं तथा नेपाल सम्वत् ११३९ को अवसरमा आज काठमाडौंमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले सरकारले आफ्नै तालमेल मिलाउन नसक्दा अलमलमा परिरहेको बताए ।
उनले सरकारले मुलुकको शान्ति सुरक्षा कायम गर्न नसकेको र मूल्यवृद्धि नियन्त्रण गर्नसमेत नसकेको आरोप लगाए ।
उनले कांग्रेसकै योगदान र प्रयासका कारण संविधान जारी भएको दाबीसमेत गरे ।
नेता सिंहले कांग्रेसलाई सशक्त बनाउन युवा पंक्तिलाई परिचालन र सहयोग गर्न आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारलगायतका समाजसेवीहरुलाई सामाजिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मानसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्