
-ध्रुव भट्टराई/ईमेज:
बिराटनगर । देशकै जेठो उद्योगको रुपमा रहेको बिराटनगर जुट मिल पुनः सञ्चालनमा आएको छ ।
एक महिना अघिदेखि परीक्षण संचालनमा रहेको मिल्सले दुई साता यताबाट व्यवसायीक उत्पादन दिन शुरु गरेको हो ।
पटक पटक सञ्चालन र बन्द हुँदै आएको विराटनगर जुटमिलले आफनो व्यवसायीक उत्पादन शुरु गरेको छ ।
मिल सञ्चालक समितिले मिलको मेसेनरी मर्मत र विद्युत जडानको काम गरेसँगै मिलले दुई सता यताबाट नियमित रुपमा व्यवसायी उत्पादन गर्दै आएको छ ।
मिल पुनः सञ्चालनमा आएसँगै १ सय बढीले रोजगारी समेत पाएका छन् ।
मिल बन्द भएको बेला रोजगारी गुमेपछि घरमा बसेका मजदुर पुनः मिल सञ्चालनमा आएसँगै काममा फर्किएका छन् ।
मिल सञ्चालक समितिले व्यवसायीक उत्पादन थालेकोमा दशै पछि लगतै जुट बोरा उत्पादनको तयारी समेत अघि बढाएको छ ।
दिवाकालिन समयमा मात्र सञ्चालनमा रहेको मिलले हाल २२ टन सुतली उत्पादन गरिसकेको छ ।
जुट मिलबाट ९० इन्चको १५ टन र ७५ इन्चको ७ टन सुतली उत्पादन भएकोे जुट मिल्स सञ्चालक समितिले जनाएको छ ।
भखरै मात्र व्यवसायी उत्पादन थालेको मिललाई पुर्ण क्षमतामा सञ्चालन गरी व्यवसायीक उत्पादनलाई निरन्तरता दिने बिराटनगर मिल सञ्चालन समितिका अध्यक्ष वसन्त वन बताउँछन् ।
विवाद र किचलोले बन्दै बन्दको इतिहास बनाईसकेको नेपालको पहिलो उद्योग सुतली उत्पादन गर्दै तङ्ग्रेको छ ।
विराटनगर जुट मिल बि.सं. १९९३ असार ३० गते स्थापित भएको थियो ।
मिलले २०६५ सालपछि उत्पादन गर्न सकेको थिएन ।
नेपालको औद्योगिक इतिहास बोकेको बिराटनगर जुट मिल सञ्चालनलाई निरन्तरता दिई यसको गरिमा वचाई राख्न भने अव सबै पक्षको सहयोगको आवश्यता देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्