युवाहरुलाई स्वदेशमा नै रोजगारको व्यवस्था गर्छौं : मन्त्री तामाङ • Image Khabar Image Khabar


युवाहरुलाई स्वदेशमा नै रोजगारको व्यवस्था गर्छौं : मन्त्री तामाङ


Imagekhabar
९ असार २०७५, शनिबार ०५:२९

युवाहरुलाई स्वदेशमा नै रोजगारको व्यवस्था गर्छौं : मन्त्री तामाङ

नवलपरासी, असार ९ । कानुन न्याय तथा संघीय मामिला मन्त्री शेरबहादुर तामाङलले आम नेपाली युवाहरुलाई स्वदेशमा नै रोजगारको व्यवस्था गरिने बताएका छन् ।

शनिबार नवलपरासीमा पत्रकारसँग कुरा गर्दै मन्त्री तामाङले नेपालमा नै ठुला विकासका योजना ल्याउन र सोही योजनाअनुसार युवाहरुलाई स्वदेशमै रोजगार प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन ।

लेनदेन सम्बन्धी मुद्दाहरु अदालतमा गएको बताउँदै अब सरकारी कार्यालयमा छाप लगाई लनेदनको कार्य गर्ने व्यवस्था गरिएको मन्त्री तामाङले जानकारी दिए ।

तीन वर्ष भन्दा कम सजायका मुद्दालाई दोषी ठहरिनु अगाडि पुर्पक्षका लागि थुनामा राखिने प्रावधानलाई कानुनले उन्मुक्ति दिएको मन्त्री थापाले बताए । 

प्रतिक्रिया दिनुहोस्