Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


तीन महिनाका लागि टेलिकमका २२ अफर


0
Shares

काठमाडौं, असोज २९ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सोमबारदेखि ‘अटम अफर’अन्तर्गत् विभिन्न २२ ‘अफर’ उपलब्ध गराएको छ ।

आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ‘ह्याप्पी विकेन्ड प्याक’, ‘अलटाइम डाटा प्याक’, ‘नाइट टाइम भोलुमबेस्ड डाटा प्याक’, ‘अनलिमिटेड नाइट टाइम डाटा प्याक’, ‘अलटाइम सोसल मिडिया डाटा प्याक’, ‘अलटाइम डाटा स्ट्रिमिङ प्याक’, ‘अलटाइम फोरजी डाटा प्याक’ ल्याइएको टेलिकमले जनाएको छ ।

‘जीएसएम थ्रीजी/फोरजी एक जीबी प्रतिदिन डाटा प्याक’, ‘अलटाइम भ्वाइस प्याक’, ‘नाइट टाइम भ्वाइस प्याक’, ‘सीयुजी प्याकेज’, ‘भिडियो र टीभी प्रतिघन्टा प्याक’, ‘एसएमएस प्याक’, ‘एफटीटीएच व्यक्तिगत प्याकेज’, ‘एडीएसएल भोलुम प्याक’, ‘एडीएसएल अनलिमिटेड प्याक’, ‘एक घन्टा अनलिमिटेड प्याक’, ‘विद्यार्थी अफर’, ‘इन्डिया कल अफर’, ‘मिस्डकल अलर्ट’ र ‘एफटीटीएचमा निःशुल्क भ्वाइस अफर’ उपलब्ध गराएको हो ।

यी अफर प्राप्त गर्न १४१५ मा डायल गर्नुपर्ने टेलिकमले जनाएको छ ।

उक्त अफर आगामी पुस २८ गतेसम्म लिन सकिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । रासस