
काठमाडौं, असोज २९ । दसैं बिदा सुरु हुने अघिल्लो दिन सोमबार सेयरबजार रातो रहेर थामियो ।
निरन्तर झरिरहेको सेयरबजार आइतबार दोहोरो अंकले बढेको थियो ।
यसदिन उतार–चढावबीच बजार परिसूचक नेप्से करिब १ अंकले ऋणात्मक रहेर १२ सय ४१ कायम भएर थामियो । कारोबार भने अघिल्लो दिनको तुलनामा सामान्य सुधारियो ।
यसदिन आधा समूह रातो रहे भने आधा हरियो रहे । अन्य, विकास बैंक, जलविद्युत्, लघुवित्त र वाणिज्य बैंक समूह ऋणात्मक रहेका हुन् ।
उत्पादनमूलक, निर्जीवन बिमा, होटल, वित्त र जीवनबिमा समूह सकारात्मक रहे । उत्पादनमूलक समूह २४ अंकले उकालो लागेको हो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीका १४ लाख ६४ हजार कित्ता सेयर ३३ करोड ५८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्