
काठमाडौं, असोज २९ । नेपाल खाद्य संस्थानले उपभोक्तालाई झुक्याएको छ ।
बडादसैंमा एक हजार खसीबोका ल्याउने घोषणा गरेको संस्थानले ३०७ ओटामात्रै खसीबोका ल्याएको छ । ३०७ ओटा खसीबोका पनि बिक्री सुरु गरेको तीन दिनमै सकिएको छ ।
संस्थानका प्रवक्ता शंकर सापकोटाले प्राविधिक समस्याका कारण एक हजार खसीबोका ल्याउन नसकिएको प्रतिक्रिया दिए ।
निजी क्षेत्रका व्यापारीले कृषकलाई उच्च मूल्य दिएका कारण लक्ष्यअनुसार खसीबोका खरिद गर्न नसकिएको संस्थानले जनाएको छ ।
यस्तै, एक हजारओटा च्यांग्रा ल्याएको भनेको संस्थानले ९२५ ओटामात्रै ल्याएको छ ।
संस्थानले खसीबोका प्रतिकिलो ५०० र च्यांग्रा प्रतिकिलो ७०० रुपैयाँमा बिक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्