Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


पोखरा प्रिमियर लिग क्रिकेटको खेलतालिका सार्वजनिक


0
Shares

काठमाडौं, असोज २९ । पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

क्वीन्स इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने सो प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटान्स र पोखरा पल्टन खेल्नेछन् ।

विराटनगर, पोखरा, चितवन राइनोज, काठमाडौं रोयल्स, बुटवल ब्लास्टर र एक्सपर्ट धनगढी गरी ६ टिम सहभागी हुने प्रतियोगिताका खेलहरु पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछन् ।

पहिलो दिन एकमात्र खेल हुनेछ । अरु दिन लिग चरणमा हरेक दिन दुई खेल हुनेछन् ।

पीपीएलका लागि टिम घोषणा, ‘मार्की’ खेलाडी घोषणा र खेलाडी ‘अक्सन’ यसअघि नै भइसकेको छ ।

पोखरालाई क्रिकेटको तटस्थ स्थल बनाउने र पोखराको पर्यटन विकासका लागि पोखरा प्रिमियर लिगले महत्वपूर्ण योगदान दिने आयोजकको विश्वास छ ।

ग्रान्डी अस्पताल मेडिकल पार्टनर

पीपीएलको ‘मेडिकल पार्टनर’कारुपमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालसँग सम्झौता भएको छ ।

सम्झौतामा क्वीन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामा र ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गरेका छन् ।