१० भाद्र २०८२, मंगलबार | Wed Aug 27 2025


दुई कोरियाबीच कोरियाली प्रायद्वीपमा रेलमार्ग निर्माण सहमति


0
Shares

सोल, असोज २९ । उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको छ ।

कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो ।

सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको अन्त्य या डिसेम्बरको पहिलो हप्ता उक्त स्थानमा आयोजना गरिने भएको छ । 

सो कार्यक्रमपछि यो रेलमार्ग निर्माणसम्बन्धी कार्यको सुरुआत गरिने पनि जनाइएको छ ।

दुई कोरियाबीचको यो सहमति कोरियाली प्रायद्वीपमा रहेका पानमुन्जोम गाउँ र दक्षिण कोरियाली क्षेत्रमा रहेको शान्ति भवनमा भएका विभिन्न उच्चस्तरीय वार्तापछि भएको ‘योन्हाप’ समाचार समितिले जानकारी दिएको छ ।

दुवै देशका प्राविधिकहरु र रेलसेवा विभागका अधिकारीहरुले गरेको स्थलगत निरीक्षणपछि सो सहमति भएको थियो ।

रेलमार्ग निर्माणका लागि स्थलगत निरीक्षण गर्नका लागि पनि सुुरुमा दुई कोरियाबीच पत्राचार भएको जनाइएको छ । रासस/सिन्ह्वा