१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


दशैं बजारः बिराटनगरमा भन्दा भारतीय बजार जोगमनीमा भीडभाड


0
Shares

–ध्रुव भट्टराई/ईमेज

विराटनगर । नेपालीहरुको महान पर्व दसैं सुरु भइसक्दासमेत विराटनगर बजारमा भने खासै चहलपहल देखिएको छैन ।

विराटनगरका अधिकांश बासिन्दा दसैंको किनमेलका लागि भारतीय सीमावर्ती बजार जोगबनीमा पुगेपछि विराटनगर बजार सुनसान जस्तै देखिएको हो । जसका कारण यहाँका व्यापारी निराश भएका छन् ।

विराटनगरबाट ७ किलोमिटरको दुरीमा रहेको भारतको सिमावर्ती बजार जोगवनीमा यतिबेला नेपाली उपभोक्ताको भीडभाड नै दखिन्छ ।

दसैँका लागि चाहिने खाद्यान्न लत्ताकपडा लगायतका सामग्री खरिद गर्न जोगबनी पुग्ने गरेका छन ।

जसका कारण मुलुककै ठूलो बजार क्षेत्र विराटनगर सुनसानजस्तै छ ।

नेपाली बजारको तुलनामा सस्तो मूल्यमा सामानहरु पाइने भएकोले सीमापारी पुगेको उपभोक्ताहरु बताउँछन् ।

जोगवनी बजार नेपाली उपभोक्ताले टनाटन देखिएपनि विराटनगर लगायतका पुर्वाका ठुला शहरमा दशैँका सामान किन्नेको त्यति धेरै रौनकता नदेखिएकोले आफूहरुलाई पलायन बन्नुपर्ने अवस्था सृजना भएको व्यापारीहरु गुनासो गर्छन् ।

यसबाट उपभोक्ताले केही सस्तो मूल्यमा सामान पाएपनि राष्ट्रिय उत्पादनले बजार नपाउने खतराको संकेत पनि देखिएको छ ।

नेपाली बजारमा मूल्यमा एकरुपता नहुनु र मनपरी मूल्य बढ्नु पनि यस्तो परिणतिको कारण हो ।

मूल्य समायोजन गरेर भएपनि उपभोक्तालाई स्वदेशी उत्पादनको प्रयोग गर्ने वातावरण बनाउनुपर्ने आवश्यक देखिन्छ ।