हैदरावाद, असोज २८ । वेस्ट इन्डिजविरुद्धको दुई खेलको टेष्ट क्रिकेटमा भारतले क्लिनस्वीप गरेको छ ।
हैैदराबादमा भएको दोस्रो खेलमा भारत तेस्रो दिनमै विजयी भयो । ७२ रनको झिनो चुनौती भारतले विनाकुनै विकेटको क्षतिमा १६ ओभर १ बलमै पूरा गरेको हो ।
खेलमा वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै तीन सय ११ रन बनायो । जवाफमा भारतले तीन सय ६७ रन बनायो । पहिलो इनिङ्समा ५६ रनले पछि परेको वेस्ट इन्डिजले दोस्रो इनिङ्समा एक सय २७ रनमात्र जोड्न सक्यो ।
प्लेयर अफ द म्याच उमेश यादवले पहिलो इनिङ्समा ६ तथा दोस्रो इनिङ्समा ४ विकेट लिए । पहिलो पटक टेष्ट श्रृंखला खेलेका पृथ्वी शा प्लेयर अफ द सिरिज भएका छन् ।








प्रतिक्रिया दिनुहोस्