११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


शेयर बजारमा दोहोरो अंकको सुधार


0
Shares

काठमाडौं, असोज २८ । आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो ।

यसदिन बजार परिसुचक नेप्से १४ अंकले उकालो लागेर १२४२ मा पुग्यो । कारोबार भने खुम्चियो ।

उत्पादनमुलक र जलविद्युत समूहबाहेक अरु सबै समूह सकारात्मक रहे । निर्जीवन बिमा समूह सबैभन्दा उच्च ८७ अंकले बढ्यो ।

जीवन बिमा समूह पनि ५७ अंकले उकालो लाग्यो । होटल समूहमा ५५ अंकले बृद्धि आयो ।

वाणिज्य बैंक, विकास बैंक र लघुवित्त समूह पनि दोहोरो अंकले सुधारिए । उत्पादनमूलक समूह ९५ अंकले ओरालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५८ कम्पनीको १० लाख १६ हजार कित्ता सेयर २७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।